केही समय अभ्यास गरेपछि यो विधिबाट एकदमै छिटो र सरल तरिकाले नेपाली लेख्न सकिन्छ त्यसैले मलाई व्यक्तिगत रूपमा पनि यही विधि मनपर्छ ।
ट्रेडिशनल विधि: यो विधि अनुसार टाइप गर्दा क्रमश: a s d f g र ; l k j h ले ब क मा न र स पि व ज प्रविष्ट गर्छ । अर्थात र्टाइप राइटरमा हात बसेका वा प्रीती वा कान्तिपुर आदि फन्टमा टाइप गर्न बानी परेकाहरूलाई यो विधि सजिलो लाग्न सक्छ ।
कम्प्युटरमा स्थापना: अब आउनुस, कम्प्युटरमा कसरी नेपाली युनिकोड स्थापना गर्ने भन्ने बारेमा । माथि लेखे जस्तै पहिला आफूले कुन विधिबाट (ट्रेडिसनल वा रोमनाइज्ड) नेपाली लेख्ने हो चयन गर्नुस । (म फेरि पनि दोस्रो अर्थात रोमनाइज्ड विधि चयन गर्न सल्लाह दिन्छु) । आफुलाई मनपर्ने वा सरल लाग्ने विधि चयन पश्चात् र सोही अनुसारको इनपुट सिस्टम कम्प्युटरमा स्थापना गर्नु पर्दछ । प्रत्येकको विधि क्रमैसँग तल दिइएको छ:
रोमनाइज्ड विधिबाट नेपाली टाइप गर्न:
- सुरुमा यो फाइल डाउनलोड गर्नुस र आफ्नो डेस्कटपमा (वा कुनै सजिलो स्थानमा) सेभ गर्नुस ।
- अब सो फाइलमा डबल क्लिक गर्नुस र ‘नेक्स्ट’, ‘नेक्स्ट’ मा क्लिक गर्दै सामान्य स्थापना विधिबाट त्यसलाई कम्प्युटरमा स्थापना गर्नुस् ।
१) Control Panel>>Regional and Language Options हुँदै Languages मा जानुस् । (Regional and Language Options मा एकैचोटि पुग्न Start>>Run.. गरेर खालि ठाउँमा intl.cpl टाइप गरेर इन्टर दवाउन पनि सक्नुहुन्छ)
२) अब त्यस भन्दा मुनि रहेको "Details..." मा क्लिक गर्नुस् ।
३) अब खुल्ने विण्डोमा Settings भन्दा मुनि "Add..." मा क्लिक गर्नुस् र...
४) “Add Input Language” को “Input Language:” मुनिको ड्रपडाउन मेनुबाट "Nepali (Nepal) र “Keyboard layout/IME:” मा “Nepali Unicode Romanized Layout” चयन गर्नुहोस् । (तलको चित्रमा हेर्नुस—चित्र ठुलो पार्न त्यसैमा क्लिक गर्नुहोला)
विण्डोज सेभेन प्रयोग गर्नुहुन्छ भने:
१) कम्प्युटरको Control Panel बाट Region and Language>>Keyboards and language मा जानुहोस् । (Regional and Language Options मा एकैचोटि पुग्न Start बाट सर्च बक्समा intl.cpl टाइप गरेर इन्टर दवाउन पनि सक्नुहुन्छ)
२) त्यसको मुनि रहेको “Change Keyboards...” मा क्लिक गर्नुहोस र अब खुल्ने विण्डोमा “Add...” मा क्लिक गर्नुस् ।
३) अब “Add Input Language” भन्दा मुनि स्क्रोल गरेर Nepali (Nepal) को अगाडिको प्लसमार्क (+) मा क्लिक गर्नुस् अनि ‘Keyboard’ अगाडिको प्लसमार्क (+) मा क्लिक गरी “Nepali Unicode Romanized Layout” चयन गर्नुहोस् । (तलको चित्रमा हेर्नुस)
४) अन्तमा Ok>>Apply>>Ok गरेर बाहिरिनुहोस् ।
ट्रेडिशनल विधिबाट नेपाली टाइप गर्न:
माथि बताईएजस्तै यदि तपाईँ र्टाइप राइटरमा वा प्रीती वा कान्तिपुर आदि फन्टमा टाइप गर्न अभ्यस्त हुनुहुन्छ र सोही तरिकाबाट नेपाली युनिकोड चलाउन चाहनुहुन्छ भने यो प्रविष्टि विधि अपनाउन सक्नुहुन्छ । यसको लागि
- सुरुमा यो फाइल डाउनलोड गर्नुस र आफ्नो डेस्कटपमा (वा कुनै सजिलो स्थानमा) सेभ गर्नुस ।
- अब सो फाइलमा डबल क्लिक गर्नुस र ‘नेक्स्ट’, ‘नेक्स्ट’ मा क्लिक गर्दै सामान्य स्थापना विधिबाट त्यसलाई कम्प्युटरमा स्थापना गर्नुस् ।
खालि अन्तमा विण्डोज एक्सपि छ भने “Keyboard layout/IME:” मा “Nepali” र विण्डोज सेभेनमा हो भने ‘Keyboard’ अगाडिको प्लसमार्क (+) क्लिक गरेपछि “Nepali” चयन गर्नुहोस् । र अन्तमा Ok>>Apply>>Ok गरेर बाहिरिनुहोस् ।
बस्, अब तपाईले कुनैपनि वर्ड प्रोसेसर वा ब्राउजर खोल्दा कम्प्टुटरको नोटिफिकेशन यरियामा भाषा चयन गर्ने अप्सन देखिनेछ । त्यसलाई “EN” (अर्थात अँग्रेजी) र “NE” (अर्थात नेपाली) बनाएर दुबै भाषामा लेख्न सकिन्छ । प्रविष्टि परिवर्तन गर्न Alt + Shift कि पनि प्रयोग गर्न सक्नुहुन्छ ।
अन्तमा नेपाली युनिकोड रोमनाइज्डबाट टाइप गर्दा, अँग्रेजीका कुन कि थिच्दा कुन नेपाली अक्षर बन्छ त्यसको एउटा ले-आउट चित्र:
र यो नेपाली युनिकोड ट्रेडिशनलको ले-आउट चित्र:
अनि नेपाली युनिकोड (रोमनाइज्ड)मा लेख्न असजिलो हुने केही अक्षर र शब्दहरू प्रविष्ट गर्ने तरिका:
| ज्ञ = j/Y | ड = x | ढ = X |
| त्र = t/r | ऋ = Z | शंकर = SMkr |
| ष = z | व = v | गएँ = g]V |
| स = s | द्ध = d/D | ऐना = }na |
| श = S | ण = N | पर्यो = pr/=yo |